सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ७५५ पुग्यो

कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार ७५५ रहेको छ । महिला ८६७ र पुरुष २ हजार ८८८ रहेको स्वास्थ निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
फेला परेका संक्रमितमध्ये अछाम ५९२, बैतडी २९८, बझाङ्ग १५९,बाजुरा ४४६, डडेल्धुरा२६९, दार्चुला १९, डोटी ५३५, कैलाली ९९४, कंचनपुर ४४३ जना गरी ३ हजार ७५५ रहेका छन् ।
हालसम्म १ हजार २६७ निको भएका छन भने ७ जना संक्रमितको मृत्यु भईसकेको छ । सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट शुक्रबार गरिएको परिक्षण बाट २ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए । कंचनपुरका १ पुरुष , अछामका १ जना पुरुषमा संक्रमण पुस्टी भएको उनले बताए । योसंगै सकृय संक्रमितको संख्या २ हजार ४८१ पुगेको काक्रीको भनाई छ ।
प्रदेशमा हालसम्म २५ हजार ६८० जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २१ हजार ९२५ मा नेगेटिभ आएको उनले बताए ।
८ सय ५७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १७ हजार ६५३ जनामा परिक्षण गरिएको छ ।
क्वारेन्टिनमा ३ हजार ७४३ पुरुष र १ हजार ९१ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १५ र संक्रमित ८० गरी ९५जनाको उपचार भईरहेको छ ।
७१२ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ६, टिकापुरमा ३९, महाकालीमा १८, अछाममा १०, डोटी २, बाजुरा २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भई रहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित