शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ७५५ पुग्यो

शनिबार, २७ असार २०७७, ०९ : २७
शनिबार, २७ असार २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार ७५५ रहेको छ । महिला ८६७ र पुरुष २ हजार ८८८ रहेको स्वास्थ निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । 

फेला परेका संक्रमितमध्ये अछाम ५९२, बैतडी २९८, बझाङ्ग १५९,बाजुरा ४४६, डडेल्धुरा२६९, दार्चुला १९, डोटी ५३५, कैलाली ९९४, कंचनपुर ४४३ जना गरी ३ हजार ७५५ रहेका छन् ।  

हालसम्म १ हजार २६७ निको भएका छन भने ७ जना संक्रमितको मृत्यु भईसकेको छ । सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट शुक्रबार गरिएको परिक्षण बाट २ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए । कंचनपुरका १ पुरुष , अछामका १ जना पुरुषमा संक्रमण पुस्टी भएको उनले बताए । योसंगै सकृय संक्रमितको संख्या २ हजार ४८१ पुगेको काक्रीको भनाई छ । 

प्रदेशमा हालसम्म २५ हजार ६८० जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २१ हजार ९२५ मा नेगेटिभ आएको उनले बताए ।

८ सय ५७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १७ हजार ६५३ जनामा परिक्षण गरिएको छ ।

क्वारेन्टिनमा ३ हजार ७४३ पुरुष र १ हजार ९१ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १५ र संक्रमित ८० गरी ९५जनाको उपचार भईरहेको छ ।
 ७१२ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ६, टिकापुरमा ३९, महाकालीमा १८, अछाममा १०, डोटी २, बाजुरा २,  र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भई रहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भईरहेको  स्वास्थ्य महाशाखा प्रमुख काक्रीले जानकारी दिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप