केन्द्रीय संस्करण

इतिहासमा आज : यसरी सुरु भयो विश्व जनसंख्या दिवस

person explore access_timeअसार २७, २०७७ chat_bubble_outline0

१९८७ यता हरेक वर्ष संयुक्त राष्ट्रसंघले ११ जुलाईलाई विश्व जनसंख्या दिवसका रुपमा मनाउँछ । यस दिवसमा आयोजना हुने कार्यक्रमहरुमा विश्वको जनसंख्या नियन्त्रणबारे सचेतना जगाउने गरिन्छ । 

संयक्त राष्ट्रसंघ विकास कार्यक्रम युएनडिपीले १९८९ यता यो दिवस मनाउन सुरु गरेको थियो । यो कार्यक्रम मनाउने योजना ११ जुन १९८७ बनेको थियो, जतिबेला विश्वको जनसंख्या ५ अर्ब पुग्यो अनि विश्व बैंकमा वरिष्ठ डेमोग्राफरका रुपमा कार्यरत डाक्टर केसी जाचारियाले यस्तो कार्यक्रम गर्न सुझाव दिए । 

विश्व जनसंख्या दिवसले जनसंख्यासँग सम्बन्धित विभिन्न सवाल  जस्तै, परिवार नियोजनको महत्व, लैगिंक समानता, गरिबी, मातृ–शिशु स्वास्थ र मानवअधिकारबारे मानिसको जागरण बढाउने उद्देश्य राखेको छ । विश्वको जनसंख्या प्रत्येक १४ महिनामा झन्डै १ सय मिलियनका दर बढ्ने गरेको छ । ६ फेब्रुअरी २०१६ मा विश्वको जनसंख्या ७ अर्ब ४० करोड पुगेको थियो । २४ अप्रिल २०१७ मा जनसंख्या बढेर ७ अर्ब ५० करोड र वर्ष २०१९ मा ७ अर्ब ७० करोड पुगेको छ । 

विश्वको कुल जनसंख्यामध्ये ५९ दशमलव ५४ प्रतिशत जनसंख्या एशियामा बस्छ । चीन विश्वकै सर्वाधिक जनसंख्या भएको देश हो । यहाँ १ अर्ब ४० करोडभन्दा धेरै मानिसको बसोबास छ भने  दोस्रो ठूलो जनसख्ंया भारतमा १ अर्ब ३६ करोडभन्दा धेरैको बसोबास छ ।

अन्य घटनाक्रम 
१३४६– लक्जम्वर्गका चाल्र्स चतुर्थ रोम साम्राज्यका शासक चुनिए । 

१६७३– नेदरल्यान्ड र डेनमार्कबीच रक्षा सन्धीमा हस्ताक्षर । 

१९९० – बोस्नियामा ७ हजारभन्दा धेरै मानिसको नरसंहार । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.