मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

शुक्रबार, २६ असार २०७७, २२ : २७
शुक्रबार, २६ असार २०७७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा रु एक–एकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्रीवितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप