शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक बर्षपछि फरार अभियुक्त पक्राउ

शुक्रबार, २६ असार २०७७, २१ : २८
शुक्रबार, २६ असार २०७७

कैलाली । ज्यानमार्ने उधोग र सार्वजनिक हितबिरुद्धको कसुर मुद्दामा फरार  व्यक्तिलाई  एक बर्षपछि प्रहरीले प्रकाउ गरेको छ । 

कैलालीको चुरे गाउपालीका १ घर भई हाल धनगढी उपमहानगरपालीका १ बुद्ध मार्ग बस्ने सो मुद्धाका फरार अभियुतm वर्ष २१ को गणेशसिंह ठकुरीलाई  प्रहरीले  एक बर्षपछि प्रकाउ गरेको हो ।

धनगढी उपमहानगरपालिका २ मा रहेको किङ्ग कोव्रा बारमा कैलालीको चुरे १ बस्ने भोज बहादुर बमलाई गत वर्ष जेठ २५गते टाउकोमा बियरको बोत्तल प्रहार गरी घाईते बनाएर ठकुरी फरार थिए । 

सोही बारमा भारतको लखिमपुर खिरीबस्ने सल्मान सलमानीलाई ठकुरील  गाली गलौज र अभद्र ब्यबहार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले रातोपाटी जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट मुद्दाको म्याद थप गरि ठकुरीमाथि अनुसन्धान भइरहेको उनले बताए । अनुसन्धान पश्चात ज्यान मार्ने उधोग मुद्दामा कैलाली जिल्ला अदालतमा पेश गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप