हवाई तालिका बनाउन स्वास्थ्य, श्रम र पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिने सिसिएमसीको निर्णय
विदेशमा अलपत्र नेपालीलाई उद्धारका लागि हवाई तालिका निर्माण गर्न क्रासिस म्यानेजमेन्ट कमिटी सिसिएमसीको बैठकले स्वास्थ्य, श्रम तथा पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कमिटिको बैठकले सो निर्णय गरेको हो । यही असार २८ गतेसम्मका लागि यसअघि समय तोकिएकोमा समय सकिन लागेकोले अर्को तालिका बनाउन लागिएको हो ।
अहिलेको अवस्थालाई हेरेर स्वास्थ्य, श्रम र पर्यटन मन्त्रालाई हवाई उढान तालिका बनाउन जिम्मेवारी दिने निर्णय भएको सिसिएमसीका प्रवक्ता महेन्द्र गुरागाईले रातोपाटीलाई जानकारी दिए ।
उनले भने–‘बाहिरबाट आउनेहरुमा कोरोना संक्रमण पनि देखिएको र त्यसलाई विश्लेषण गरेर तालिका बनाउन भनिएको छ । हवाई उढान तालिका प्रकाशन भएपछि मात्र विदेशमा अलपत्र परेकाहरुले टिकट खरिद गर्न सक्नेछन् ।’
यस्तै नेपालमा लगानी गरेका बहुराष्टिय कम्पनीका ब्यक्तिहरु नेपाल फर्किनका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने निर्णय भएको छ । नेपालमा लगानी गरेका व्यवसायीहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गरेर नेपाल ल्याउने तयारी गरिएको प्रवक्ता गुरागाईले जानकारी दिए ।
सिसिएमसीमा जिल्ला र प्रदेशका स्वास्थ्यकर्मी प्रमुखहरुलाई समावेशका लागि मन्त्रीपरिषदको निर्णय चाहिने र त्यसका लागि मन्त्रीपरिषदमा पठाउने अर्को निर्णय भएको छ ।
साथै जोखिमयुक्त क्षेत्रमा मान्छे आवतजावतलाई कडाई गर्ने समेत निर्णय भएको छ । तुरुन्तै ४५ हजार पिसिआर जाँच तत्काल अघि बढाउने निर्णय भएअनुसार काम अघि बढिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन