
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीले अहिले ८ बजेपछि देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
थापाका अनुसार प्रधानमन्त्री ओलीको सम्बोधन साझ ८ बजेको समाचारपछि नेपाल टेलिभिजनबाट प्रशारण हुने छ । पछिल्लो समय सत्तारुढ नेकपाका बहुमत शीर्ष नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको अवस्था छ भने देशभर ओलीको पक्षमा प्रदर्शन पनि जारी छ ।
यस्तै प्रधानमन्त्री ओली र चिनियाँ राजदूतको नाम जोडेर भारतीय मिडियाले अर्नगल प्रचार गरिरहेका छन् । कोरोना महामारीका बीच प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा उक्त विषय पनि समावेश गने बुझिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ