केन्द्रीय संस्करण

कोरोना असरः हङकङमा विद्यालय बन्द

person explore access_timeअसार २६, २०७७ chat_bubble_outline0

एजेन्सी । हङकङमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएको पाइएको भन्दै हङकङका सबै विद्यालय बन्द गरिएको छ ।  हङकङ शहरका शिक्षा मन्त्री केभिन योङले विगत केही दिनदेखि कोरोनाभाइरसको संक्रमण तिब्र भएको देखिएपछि बालबालिकाको सुरक्षाका लागि आगामी सोमबारदेखि विद्यालयहरु बन्द गर्नु परेको जानकारी दिए ।

आर्थिक केन्द्रका रुपमा चर्चित हङकङमा बिहीबार समुदाय स्तरमा ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । तीन महिनाको अवधिमा यतिठूलो संख्यामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । तर परीक्षाको तयारी गरिरहेका विद्यार्थीले भने परीक्षा दिन पाउने उनले बताए । तर त्यस्ता विद्यार्थीले मास्क लगाउनु पर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्नेछ । 

हङकङका सरकारी माध्यमिक विद्यालयहरु भाइरस संक्रमण देखिएको भन्दै गत जनवरीमा पनि बन्द गरिएका थिए । नयाँ संक्रमणमा नियन्त्रण कायम गरेपछि विद्यालयहरु गत मे महिनाबाट खुलेका थिए । तर पछिल्लो दुई दिनमा निकै ठूलो संख्यामा संक्रमित भेटिएका अधिकारीहरुले बताएका छन् जसमा एउटा वृद्धवृद्धा राखिने केएर होमका ३२ जना पनि संक्रमित भएका छन् । 

स्थानीय अधिकारीहरुले बिहीबार नै शहरका रेस्टुराँ, बार र फिटनेस केन्द्रमा कति जनासम्म व्यक्ति भेला हुन पाउने भन्ने बारेमा नयाँ नियम घोषणा गरेका छन् । नयाँ नियम अनुसार रेस्टुराँमा एक पटकमा आठ जना तथा पब र रात्रिक्लबमा प्रति टेबल चार जना मात्र बस्न पाइने छ । –एएफपी
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.