बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्रीको निर्देशन

शुक्रबार, २६ असार २०७७, १९ : ४९
शुक्रबार, २६ असार २०७७

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे जानकारी लिदै मुख्यमन्त्री राउतले जोखिम न्यूनीकरणको लागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्तिगर्न समेत सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिनु भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले बताए । 

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, प्रमुख सचिवलगायत प्रदेशका सचिवहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुखहरुको सहिभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप