बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बीबीसीका पत्रकार बृजकुमार यादवले आफ्नो बाटो बनाउन योग शिविर भत्काए

शुक्रबार, २६ असार २०७७, १९ : १५
शुक्रबार, २६ असार २०७७

जनकपुर । योग शिविरको नाममा गुठीको जग्गा अतिक्रमण गरी बनाइएको टहरा एक समुहले भत्काएको छ । जनकपुरधाम उप–महानगरपालिका ८ स्थित बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदको अगाडि रहेको गुठीको जग्गा लिजमा लिई बनाइएको योग शिविरको टहरा तथा पर्खाल भत्काईएको छ ।   

कपाल मोचनी सरस्थित गुठीको जग्गा अतिक्रमण गरी बसेका दजर्नौ घरपरिवारलाई खालि गराई पुनः योग शिविरको नाममा कब्जा गरिएको अतिक्रमित जग्गा एकजना व्यक्तिले भौतिक संरचना भत्काई अतिक्रमण गरेका छन् ।

तत्कालीन बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदका अध्यक्ष रामकुमार शर्माले पोखरी अतिक्रमित मुक्त अभियान चलाएर खाली गराएको जग्गामा पुनः अतिक्रमित भएका थिए । सोही जग्गामा हाल दुईपक्षीय विवाद भई राजर्षिजनक पतञ्जली योग साधना केन्द्रको टहरा अतिक्रमण निजी जग्गा धनी बृजकुमार यादवले भत्काएका छन् ।

एउटा मिडिया ग्रुपका सञ्चालक बृजकुमार यादवले हालै खरिद गरेको निजी जग्गाको बाटोको लागि अतिक्रमण गरेको योग शिविर जनकपुरधाम नगरका अध्यक्ष विमल पण्डितले आरोप लगाए ।

बाटो नै नभएको जग्गा सस्तो भाउ खरिद गरी घर निर्माणको नाममा बलजफ्ती कसैसँग सरसल्लाह नै नगरी बिबिसी नेपाली सेवाको रिपोर्टर समेत रहेको नाममा बृजकुमार यादवले योग शिविर नै अतिक्रमण गरेको आरोप केन्द्रका प्रतिनिधी वीरेन्द्र कुमार यादवले लगाए ।

उनले गुठी संस्थाको काठमाण्डौँस्थित केन्द्रीय कार्यालय र जनकपुरधाम स्थित कार्यालयसँग अनुमति लिई योग शिविर निर्माण गरेको र वार्षिक रुपमा सो जग्गा वापतको कर समेत भुक्तानी गर्दै आएको बताए । 

तर बृजकुमार यादवले आफूहरुले योग शिविर तोडफोड नगरेको बताएका छन् । 

आफूले करिब अढाई वर्षपूर्व नै जग्गा खरिद गरेको र सो जग्गाको दुवै तर्फी बाटो रहेको भन्दै उनले भने, 'टुडे ग्रुपको कार्यालयको लागि सो जग्गा खरिदेको र सो जग्गाको दुई तर्फ बाटो छ । पूर्वतर्फ र पश्चिम तर्फ पनि बाटो छ । '

त्यसैले आफूले नतोडेको र कसले के गर्यो भन्ने पनि आफूलाई थाहा नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप