शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासी र गुल्मीमा ३ जनाको ज्यान गयो

शुक्रबार, २६ असार २०७७, १८ : ३२
शुक्रबार, २६ असार २०७७

बुटवल । नवलपरासीमा माछा मार्ने क्रममा  डुबेर दुई जनाको मृत्यु भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका बाड नं.– १५ चोरघोलमा वनकट्टीस्थित खहरे खोलामा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही स्थानका १८ वर्षीय प्रविन विक र २० वर्षीय सुधिर विक रहेका छन् ।

माछा मार्न गएका बेला चिप्लिएर प्रविन खोलामा खसेपछि बचाउनको लागी सुधिर पनि जादाँ खोलाले बगाएको थियो । उनीहरुलाई खोलाले ५ सय मिटर तल पुर्याएको अवस्थामा शव फेला परेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यता गुल्मीको कालीगण्डकी गाउँपालिकामा पहिरोले पुरेर १ जनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका वडा नं.–४ फुस्रे निवासी ६२ वर्षीय यमबहादुर श्रीसको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीेले जानकारी दिएको छ ।

घर नजिकै रहेको खेतमा पानी लगाउन बनाएको कुलो सफा गर्ने क्रममा माथिबाट झरेको पहिरोले च्यापेर  उनको घटनानस्थामा नै मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप