शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसेलले सुरु गर्यो वायरफ्रीप्लस वाइफाइको प्रि–बुकिङ

शुक्रबार, २६ असार २०७७, १८ : २७
शुक्रबार, २६ असार २०७७

काठमाडौं । नेपालका उपभोक्ताहरुले अब चाँडैनै आकर्षक बन्डल सेवा सहित बिना झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्ने भएका छन् । एनसेलप्राइभेट लिमिटेडले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत वायरफ्रीप्लस वाइफाइ सेवाको लागिबुकिङ सुरु भएको घोषणा गरेको छ । 

एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु, व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरीय र भरपर्दो वायरफ्रीप्लस वाइफाइ सेवाल्याउन लागेको छ । यो सेवालिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथानजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्छन् । 

वायरफ्रीप्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामाम्युजिक, दामीम्युजिकलगायतका डिजिटल कन्टेन्टहरुको फाइदालिन सक्नेछन् । 

कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरीतीन वटा समुहमावायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठुलो डेटा भोलुमसँगको बन्डलिङ सहितप्रि बुकिङ्ग लिदैछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि समुहअन्तर्गत ३० दिन, ९० दिन, २१० दिनवा ४२० दिनको प्याकेजहरु लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनकालागिमान्यहुने रु ७९९ (कर बाहेक) बाट सुरु हुन्छ । 

प्याकेजको समयसिमाअनुसारग्राहकले एक पटक मात्रतिर्नपर्ने ग्राहकशुल्करु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ । ४२० दिनको समयसिमा रहेको प्याकेजको हकमाग्राहकले यो शुल्कछुट गरिएको छ ।
 ग्राहकलिने प्याकेज अनुसार यीप्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमाप्राप्तहुनेछन् । ३० दिनको समयावधिभित्रप्रयोग गरि नसकेको वाबाँकी सेवाहरु अर्को नयाँ ३० दिनमाथपहुनेअर्थात जोडिने छैन । 

वायरफ्रीप्लस वाइफाइ सेवाको बारेमा उत्साहित हुँदै एनसेलका चीफकर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “आफ्ना ग्राहकलाई आवश्यकता अनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु हाम्रो उदेश्य रहदै आएको छ । हामीले प्रदानगर्ने कनेक्टिभिटी सोलुसन्स्मार्फत ग्राहकले सेवाको राम्रो अनुभवगर्न पाउनभन्ने हामीसुनिश्चित गर्न चाहन्छौं । यस वायरफ्रीप्लस वाइफाइले ग्राहकलाई वायरलेस डेटा कनेक्टिभिटीको नयाँ अनुभव गराउने छ । हामीलाई विश्वास छ यो सेवाले धेरै भन्दाधेरै मानिसलाई इन्टरनेटमा पहँुच प्रदान गरी उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्ने छ ।”

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटासहित देशका ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध हुनेछ । विशेष योजना अन्तर्गत ये प्रि–बुकिङ सिमित अवधिको लागि मात्र ल्याइएको हो । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभवप्रदान गर्नेछ ।

आफ्नो नयाँथिम‘प्लस’अन्तर्गत नै रहि एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’अफर ल्याइसकेको छ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेकपल जहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ । 

व्यावसायिक उडान सुचारु भएएनसेलले श्रावणको तेस्रोे हप्ताबाट यो सेवा सुचारु गर्नेछ । यो सेवा सम्बन्धि थप जानकारीको लागि एनसेलका ग्राहकले आफ्नो कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप