कोरोना भाइरसबाट विश्वमा ५ लाख ५७ हजारभन्दा बढीको मृत्यु (अपडेट)
एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार ५८२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७२ लाख ४१ हजार ६०१ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४६ लाख १६ हजार ५८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३२ लाख २० हजार ५०० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३५ हजार ८२८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २७ लाख ३३ हजार ३०५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख ७५ हजार ४५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८२ हजार २५९जनाको मृत्यु भएको छ ।
युरोपमा २५ लाख ४० हजार २८९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९५ हजार ६६५ को मृत्यु भएको छ । एसिया २८ लाख ९ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६६ हजार ९१७ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ५ लाख ४५ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार ५०३ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ३० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा