शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेनाको खेल मैदान बनाउन एन्फाको सहयोग

शुक्रबार, २६ असार २०७७, १७ : ०२
शुक्रबार, २६ असार २०७७

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकूद मैदानलाई थप स्तरयुक्त बनाउन रु १४ लाख ५६ हजार मूल्य बराबरको सहयोग सामग्री प्रदान गरेको छ ।
  
प्रधानसेनापति पूर्णचन्द्र थापालाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त मैदानमा ती सहयोग सामग्री हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।  हस्तान्तरण गरिएका सामग्रीमा विशिष्ट व्यक्ति रहने प्यारापिटमुनि रहेको कोठामा खेलाडीका लागि लकर, फिजियोथेरापी बेड, रेफ्रिजिरेटर, ऐना, सोफा, टेबललगायत छन् । एन्फाले त्यहाँ रहेका तीन कोठामा गलैँचा, झ्यालमा ट्रान्स लुसेन्ट स्टिकर तथा रङरोगसमेत गरी सेनालाई हस्तान्तरण गरेको छ ।

अन्तरराष्ट्रियस्तरको फुटबल प्रतियोगितामा अभ्यासका लागि उक्त खेल मैदान सुविधायुक्त बनाउने प्रयास भइरहेको छ । सो खेल मैदानको स्तरोन्नतिले राष्ट्रिय खेलकूदको विकासमा थप योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप