बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्लिम समुदायका सबै पक्ष समेटेर तथ्याङ्क संकलन गर्न आग्रह

शुक्रबार, २६ असार २०७७, १६ : ३३
शुक्रबार, २६ असार २०७७

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले आगामी जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्याङ्क संकलन गर्न आग्रह गरेको छ । २०७८ सालको जनगणनामा मुस्लिम समुदायको शैक्षिक अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था लगायत हरेक दृष्टिकोणले समेट्न आयोगले आग्रह गरेको हो । तथ्याङ्क विभागका महानिर्देशक र संवैधानिक आयोगका पदाधिकारीहरुसँगको छलफलमा मुस्लिम आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगका अध्यक्ष समिममिया अन्सारीले मुस्लिम समुदायका सबै क्षेत्रको तथ्याङ्क संकलन गर्दै संवैधानिक आयोगका प्रतिनिधि र बढी बसोबास रहेको भूगोलमा मुस्लिम समुदायलाई अनुगमनमा लिएर जानुपर्ने बताए । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले छलफलमा आएका कुराहरुलाई स्पष्ट रुपमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप