शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पसलको चाबी बुझाउँदै सिभिल मलका व्यापारीहरुले भने, ‘आत्महत्या गर्न प्रोत्साहन नगरियोस्’

शुक्रबार, २६ असार २०७७, १५ : ५८
शुक्रबार, २६ असार २०७७

सिभिल मलका व्यापारीहरुले सामुहिकरुपमा पसलको चाबी मलका सञ्चालकहरुलाई बुझाएका छन् । शुन्य आम्दानीमा व्यवसायीहरुलाई भाडा बहाल रकम अनिवार्य रुपमा भुक्तानी गर्न सञ्चालकहरुले ठाडो निर्देशन दिएपछि सो रकम भुक्तानी गर्न नसक्ने भएकाले उनीहरुले पसलको चाबी बुझाएका हुन् ।

नेपालमा दैनिक रुपमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा पसलहरु सञ्चालन गरे पनि बोहनी समेत हुन नसकेको सिभिल मल व्यापार संघले जनाएको छ ।  यस्तो अवस्थामा संघ र सञ्चालकबीच आपसी समझदारीमा यो विषय टुङ्ग्याउनु पर्नेमा आफूहरुको माग सुनुवाइ नगरी असार २५ भित्र भाडा वहाल रकम भुक्तानी नभए थप विलम्ब लाग्ने लिखित र मौखिक दबाब दिइएको उनीहरुको आरोप छ ।

एक रुपैयाँ आम्दानी नभएको र भोलिका दिनमा व्यापार हुने भएर तिर्ने कुनै उपयुक्त वातावरण नहुने निश्चित रहेको अवस्थामा कहाँबाट लाखौँ रकम ल्याएर दिन सकिन्छ भन्ने उनीहरुको प्रश्न रहेको छ । संघका अध्यक्ष रत्नबहादुर घिमिरेले वार्ताका लागि मल सञ्चलक र व्यापारी दुवै पक्षलाई गम्भीर भइ सन्तुलित सहमतिका लागि आग्रह गरेका छन् ।

हेरौँ तस्विरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप