टेकुमा एचआइभीको औषधि नियमित

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन् । कोभिड–१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट दिइँदै आएको छ ।
कोभिड–१९ सङ्क्रमण बढिरहेकाले अधिकांश सेवा अरु अस्पतालमा सरिएको छ । एचआइभी सङ्क्रमितमध्ये जटिल समस्या भएकालाई अरु अस्पतालाट सेवा दिइने गरे पनि सामान्य अवस्थाका सङ्क्रमित यहीँ औषधि लिन आउने गरेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए । यो अस्पताल एचआइभीमैत्री भए पनि अन्यत्र यस्तो वातावरण नपाइने भन्ने गुनासो आउने गरेको उनले बताए । उनले भने– ‘उहाँहरुलाई यहाँ जस्तो सहज नभए पनि अहिलेको अवस्थामा जानैपर्छ ।’
अस्पतालले सेवा अरु अस्पतालमा सारेपछि कतिपयले दुःख मनाउ गर्ने गरेको निर्देशक डा.राजभण्डारीले बताए । एचआइभी सङ्क्रमितले सोचेजस्तो सेवा नपाएको भनी गुनासो गर्ने गरेका छन् । उनीहरु एकदेखि दुई महिनामा एक पटक औषधि लिन आउने गरेका हुन् । अस्पतालमै भर्ना हुनुपर्ने गम्भीर बिरामी वीर अस्पताललगायतका अस्पतालमा जाने गरेका छन् । अस्पतालले यो सेवासँगै रेविजविरुद्धको खोप यहीँबाट सञ्चालन गर्दै आएको छ । यो सेवा अरु अस्पतालमा सार्न सहज नभएको भनी यहीँबाट सेवा सञ्चालन भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल