बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा फरार २ अभियुक्त पक्राउ

शुक्रबार, २६ असार २०७७, १४ : ११
शुक्रबार, २६ असार २०७७

बुटवल । दाङमा ज्यान मार्ने उद्योग मुद्धा चल्दै गर्दा फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर –१२ निवासी २० वर्षका निराजन खड्का र सोही ठाउँ निवासी १८ वर्षका रोशन थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

उनीहरुलाई तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो । २०७६ माघ ४ गते तुलसीपुर –६ निवासी २१ वर्षका जितबहादुर मल्ललाई तुलसीपुर –१२ मा ज्यान मार्ने उद्देश्यले कुटपिट गरि भागेका थिए । प्रहरीको अदालतमा पेश गर्ने तयार गरेको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप