ओमानबाट १ सय ८० यात्रु लिएर उड्यो सलाम एयर

युएई । ओमानमा अलपत्र परेका १ सय ८० नेपाली कामदार लिएर सलाम एयरको तेस्रो ‘उद्धार’ विमान उडेको छ । मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई आज सलाम एयरको उडान नम्बर ओभी ४२७ स्थानीय समय अनुसार बिहान ८ः०० बजे उडेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले रातोपाटीलाई बताइन्।
जहाजमा एक शिशु ,२ नाबालक सहित १ सय ४७ पुरुष र ३३ महिला छन्।राजदूत ढकालका अनुसार फर्केनेहरुले रोजगारदाता र कामदार आफैले टिकट काटेर फर्किएको, उनीहरुको पीसीआर परीक्षण गरी फर्काइएको बताइन् ।
सरकारले ओमनबाट स्वदेश फर्कन चार्टर विमान नेपाल एयरलाइन्सको लागि ३ सय ६६ अमेरिकी डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा दर तोकेको थियो।
तर ओमन दूतावासले सरकारले तोकेको हवाई भाडादर भन्दा झन्डै ८ हजार रुपैया कम्ति करिब ३६ हजार रुपैयाँमा सलाम एयरलाईन्समार्फत अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काएको हो।
ओमानबाट गत असार १ र ४ गते चार्टर उडान मार्फत ३ सय १३ जना स्वदेश फर्किसकेका छन्। ओमानबाट नेपाल फर्कन चाहने ६ सय ५६ जनाको पहिलो सूचीमा नाम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित