केन्द्रीय संस्करण

ओमानबाट १ सय ८० यात्रु लिएर उड्यो सलाम एयर

person explore access_timeअसार २६, २०७७ chat_bubble_outline0

युएई । ओमानमा अलपत्र परेका १ सय ८० नेपाली कामदार लिएर सलाम एयरको तेस्रो ‘उद्धार’ विमान उडेको छ ।  मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई आज सलाम एयरको उडान नम्बर ओभी ४२७ स्थानीय समय अनुसार बिहान ८ः०० बजे उडेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले रातोपाटीलाई बताइन्।

जहाजमा एक शिशु ,२ नाबालक सहित १ सय ४७ पुरुष र ३३ महिला छन्।राजदूत ढकालका अनुसार फर्केनेहरुले रोजगारदाता र कामदार आफैले टिकट काटेर फर्किएको, उनीहरुको पीसीआर परीक्षण गरी फर्काइएको बताइन् ।

सरकारले ओमनबाट स्वदेश फर्कन चार्टर विमान नेपाल एयरलाइन्सको लागि ३ सय ६६ अमेरिकी डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा दर तोकेको थियो।

तर ओमन दूतावासले सरकारले तोकेको हवाई भाडादर भन्दा झन्डै ८ हजार रुपैया कम्ति करिब ३६ हजार रुपैयाँमा सलाम एयरलाईन्समार्फत अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काएको हो।

ओमानबाट गत असार १ र ४ गते चार्टर उडान मार्फत ३ सय १३ जना स्वदेश फर्किसकेका छन्। ओमानबाट नेपाल फर्कन चाहने  ६ सय ५६ जनाको पहिलो सूचीमा नाम छ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.