मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सुशान्त सिंह राजपूतको आत्महत्याले लियो नयाँ मोड, बिहार कोर्टको यस्तो फैसला

शुक्रबार, २६ असार २०७७, १३ : ४१
शुक्रबार, २६ असार २०७७

एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याका जिम्मेवार ठहर गर्दै सलमान खान, एकता कपूर, सञ्जय लीला भंसाली र करण जौहरविरुद्ध दायर गरिएको मुद्दा खारेज भएको छ । 

बुधबार बिहारको एक अदालतले उक्त मुद्दा खारेज गरिदिएको हो । अदालतको न्यायिक सीमाको दायरा उल्लेख गर्दै उक्त मुद्दा खारेज गरिएको हो । अदालतले उक्त मुद्दा अदालतको क्षेत्राधिकारभित्र नपर्ने समेत जिकिर गरेको छ । 

मुजफ्फपुरका मुख्य न्यायिक म्याजिस्ट्रेट (सीजेएम) मुकेश कुमारले स्थानीय वकिल मुकेश कुमार ओझाको उक्त निवेदन अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै खारेज गरिदिएका थिए । 

सुशान्त सिंह राजपूतले आत्महत्या गरेको तीन दिनपछि स्थानीय मुकेश कुमार ओझाले अभिनेत्री कंगना रनौत साक्षी बनाएर बलिउडका केही सेलिब्रेटीविरुद्ध मुद्दा दायर गरेका थिए । 

सुशान्तको आत्महत्यापछि कंगनाले छुट्टाछुट्टै भिडियोमार्फत बलिउडमा व्याप्त नेपोटिज्म र फेभरेटिज्म नै उनको आत्महत्याको कारण भएको उल्लेख गर्दै आएकी छिन् । 

सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए । उनको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण झुण्डिँदा सास रोकिएर मृत्यु भएको उल्लेख छ । उनको आत्महत्यापछि २९ जनासँग प्रहरीले सोधपुछ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप