शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

किम जोङ उनकी बहिनी भन्छिन्– अमेरिकासँग वार्ताको कुनै अर्थ छैन

शुक्रबार, २६ असार २०७७, १३ : १०
शुक्रबार, २६ असार २०७७

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छिन् । उनले अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वर्ताको कुनै अर्थ नहुने बताएकी हुन् । उनको यो भनाईपछि अमेरिका र उत्तर कोरियाका बीचमा तत्कालै कुनै पनि वार्ता नहुने देखिएको समाचारमा जनाइएको छ । 

दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएलाई उद्धृत गर्दै जनाएअनुसार किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्को वार्ताको कुनै काम नरहेको बताएकी हुन् ।

उनले अब अमेरिकासँग अर्को वार्ता अनावश्यक हो र यस्तो प्रयोगबिहीन वार्ता गर्न पनि नहुने उनले बताउनुभएको समाचारमा जनाइएको छ । उनले यी दुई देशले वार्तामा बसेर निश्कर्ष निकाल्न पनि नसक्ने भएकोले यस्तो वार्ता अनावश्यक हो भन्नुभएको सो समाचारमा उल्लेख गरिएको छ । 

अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने भएकोले वार्ताका माध्यमबाट निश्कर्ष निकाल्न नसकिएको उनको भनाई छ । केही दिनमात्र अघि पनि उत्तर कोरियाको विदेशमन्त्रालयका संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताएका छन् ।

उनको सो भनाइको केही दिनमात्र पछि किम यो जोङले शुक्रबार यो धारणा राखेकी हुन् । उनको यो धारणासँगै उत्तर कोरिया आगामी दिनमा अमेरिकासँग हुने भनेको वार्तामा बस्न इच्छुक नहुने देखिएको हो । केही समयअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकाको आगामी राष्ट्रतीय निर्वाचनअघि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने अनुमान गरिएको बताएका थिए । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप