बाजुराका ग्रामीण सडकको ठाउँ-ठाउँमा पहिरो, यातायात ठप्प
बाजुरा । जिल्लाका ग्रामीण सडकमा यातायात ठप्प भएका छन् । अविरल वर्षाका कारण विभिन्न स्थानीय तहमा पुग्ने सडकका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसंँगै यातायातका साधन बन्द भएका हुन् । पूर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक, मार्तडी देखि गौमूल गाउँपालिका घटमुना, मार्तडीदेखि छेडेदह गाउँपालिका डोगडी, बाम्काबजारदेखि त्रिवेणी नगरपालिका तोली, बाम्का बजारबाट डोगडीलगायत क्षेत्रका जाने ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै अन्य ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् ।
सदरमुकाम मार्तडीबाट गौमूल गाउँपालिकाको केन्द्र घट्मुना जाने बाटोसमेत अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताए । ‘सबै बाटाहरु अवरुद्ध भईसके, गाडी चल्ने अवस्था नै छैन्, अब जिल्ला सदरमुकाम आउन एक दिनको पैदल यात्रामा हिँड्नुपर्छ । बाटो बनाउन गाउँपालिकाले प्रयास गरे पनि वर्षा नियमित भएका कारण सकिएको छैन’ उपाध्यक्ष थापाको भनाइ छ ।
मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा पूर्वी उत्तरी क्षेत्रका स्थानीयवासीलाई बढी समस्या भएको छ । सडक विभिन्न ठाउँमा भत्किएपछि अप्ठ्यारो बाटामा पैदल यात्रा गर्नसमेत निकै कठिन हुने गरेकोे स्थानीय तहले जनाएका छन् ।
मार्तडीबाट पाण्डुसैनसम्मको सडक पूर्ण रुपमा अवरुद्ध भएको तथा पाण्डुसैनबाट दानसागुसम्म फाटफुट रुपमा साना जीप सञ्चाल भइरहेको स्थानीय व्यापारी वीरेन्द्र कार्कीले जानकारी दिए ।
जथाभावी रुपमा खनिएका सडकबाट जिल्लामा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा साधारण मार्ग मात्र खोलिएको र वर्षायाम शुरु हुनेबित्तिकै पूर्ण बन्द हुने गरेका छन् । ग्रामीण सडकको अवस्था दयनीय हुँदा जिल्लाका नौ वटै स्थानीय तहमा स्थानीयवासी जोखिपूर्ण यात्रा गर्न बाध्य छन् ।
प्राविधिक रुपमा जाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सडक बन्द भएपछि लामो तथा छोटो दूरीका सवारी साधन बन्द भएका छन् ।
साँफे–मार्तडी सडक बन्द
लगातार परेका वर्षाका कारण साँफे–मार्तडी सडक एक हप्तादेखि अवरुद्ध भएको छ । बूढीगङ्गा नगरपालिका १ मा पर्ने द्वारी क्षेत्रको सडकमा तल र माथिबाट पहिरो बग्न थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
पहिरोसँगै बूढीगङ्गा नदीको तीव्र कटानका कारण सडक चार मिटर तल भासिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । तत्काल हटाउन सकिने अवस्था नरेहेको उनको भनाइ छ । लगातार वर्षाका कारण नदीको कटान र माथिबाट पहिरो आउने क्रम नरोकिएकाले सडक तत्काल बनाउने अवस्थासमेत छैन । मौसम सफा हुनेबित्तिकै सडक मर्मत गरिने प्रजिअ गैरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
-
आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै