शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या १ हजार २६६ पुग्यो

शुक्रबार, २६ असार २०७७, १२ : ०४
शुक्रबार, २६ असार २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित निको हुनेको संख्या १ हजार २६६पुगेको छ ।  

अछामबाट २० र कैलाली बाट १ जना कोरोना संक्रमित घर गएपछि निको हुनेको संख्या १ हजार २६६ पुगेको हो ।

यसअघि ७ जना संक्रमितको भने मृत्यु भईसकेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।  

त्यसैगरी बिहिबार बिभिन्न प्रयोगशालाबाट गरिएको परिक्षण बाट ३६ जना कोरोना संक्रमित पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा ४, सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट १६ र डडेल्धुरा प्रयोगशालाबाट १६ जनामा पुस्टी भएको उनले बताए । कैलाली ५ पुरुष ,३ महिला, कंचनपुर १ पुरुष १ महिला, अछाम २ पुरुष २ महिला, डडेल्धुरा १३ पुरुष ३ महिला,बैतडी १ पुरुष, बाजुरा १ पुरुष १ महिला ,दार्चुला १ पुरुष र डोटी १ पुरुष १ महिलामा संक्रमण पुष्टि भएको उनले बताए । योसंगै सक्रिय संक्रमित २ हजार ४८० पुगेको काक्रीको भनाई छ । 

प्रदेशमा हालसम्म २५ हजार ४१८ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २१ हजार ६६५ मा नेगेटिभ आएको उनले बताए ।

९ सय ७२ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १७ हजार ३२४ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ५९१, बैतडीका २९८, बझाङ्गका १५९ ,बाजुरा ४४६, डडेल्धुराका २६९, दार्चुलाका १९, डोटीका ५३५ , कैलालीका ९९४ र कंचनपुरका ४४२ गरि ३ हजार ७५३ रहेका छन । जस्मा महिला ८६७र पुरुष २ हजार ८८६ संक्रमित फेला परेका हुन् । 

क्वारेन्टिनमा ३ हजार ८३१ पुरुष र १ हजार ८० महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १५ र संक्रमित ८६ गरी १०१जनाको उपचार भईरहेको छ ।

७०६ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ९, टिकापुरमा ३९, महाकालीमा १८, अछाममा १०, डोटी २, बाजुरा २,  र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भई रहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भईरहेको  स्वास्थ्य महाशाखा प्रमुख काक्रीले जानकारी दिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप