
फिल्म ‘लकडाउन’ सार्वजनिक (भिडियो)

काठमाडौं – कोरोना अर्थात कोभिड–१९ का कारण यतिबेला संसारभरका नागरिक ठुलो समस्यासँग जुधिरहेका छन् । कोरोनाको प्रभाव बढ्दै गएपछि विभिन्न देशले लकडाउन सुरु गरे, कतिपय देशमा अहिले पनि जारी छ ।
लकडाउन पुर्ण रुपमा कहिले खुल्छ ? त्यो अहिल्यै अनुमान गर्न सक्ने स्थिती छैन । तर, लकडाउन सुरु भएपछि आम नागरिकहरुले के कस्तो समस्या झेल्नु परेको छ ? भन्ने बिषय समेटेर छोटो फिल्म ‘लकडाउन’ निर्माण भएको छ ।
फिल्ममा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ । आर्थिक अवस्थाले झन् झन् तड्पिरहेका युवाकी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुभेर उनी प्रति देखाएको सद्भाव र सहयोग समेत फिल्ममा राखिएको छ । जुन बिषयले धेरैलाई भावुक बनाउने निर्माण युनिटको अपेक्षा रहेको छ ।
द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्ममा अभिविन्द खनिया, बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेको अभिनय देख्न सकिन्छ ।
रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको फिल्ममा निमा शेर्पाको छायाँकन तथा सम्पादन रहेको छ । फिल्मको छायाँकन काठमाडौ र ललितपुरमा गरिएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ