शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

शुक्रबार, २६ असार २०७७, ०८ : ४९
शुक्रबार, २६ असार २०७७

काठमाडौं । लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् । 

अबिरल वर्षाका कारण  बेंसीशहर नगरपालिका ७, सातबिसेका एकै परिवारका ३ जनाको मृत्यु भएको हो । 

 बेंसीशहर नगरपालिका १० स्थित स्थायी ठेगाना भएका  दीपक तामाङ, उनको श्रीमति अन्दाजी बिमाया तामाङ र छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

उनका अनुसार बर्षाका कारण बिहीबार राति साढे १० बजेतिर उनीहरु बस्दै आएको घरलाई पहिरोले पुरेको थियो । 

 मृतक ३ जनाको शव अहिले  लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप