आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विकास दुबे मारिए: कानपुर जाँदै गर्दा गाडी पल्टियो, प्रहरीको बन्दुक खोसेर भाग्न खोजे, गोली हानियो

शुक्रबार, २६ असार २०७७, ०८ : १९
शुक्रबार, २६ असार २०७७

८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबेलाई लिएर कानपुर जाँदै गरेको कार्केडको एउटा गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भयो । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार विकास दुबे चढेको गाडी पल्टियो । उक्त दुर्घटनापछि प्रहरी टोलीको बन्दुक खोसेर उनले हमला गर्ने कोसिस गरे । जवाफी कारवाहीमा उनी पूर्ण रुपमा घाइते भए । उनको छातीमा गोली लाग्यो । पछि उनलाई अस्पताल पुर्याइयो । जहाँ उनको मृत्यु भएको खबर छ । विकासलाई बिहिबार उज्जैनको महाकाल मन्दिरबाट पक्राउ गरिएको थियो ।

प्रत्यक्षदर्शीले सुने गोलीको आवाजः

भारतीय सञ्चार माध्यम आजतकका अनुसार घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीले भने, ‘हामीले फायरिङको आवाज सुन्यौं । गाडीको दुर्घटना भएको थिएन । हामीले गोलीको आवाज सुन्यौं । त्यसपछि प्रहरीले हामीलाई त्यहाँबाट भगाउने कोसिस गरे । हामी त्यहाँबाट गयौं ।’

न्यूज एजेन्सी एएनआईको खबर अनुसार कानपुर पुग्नु अघि नै बाटोमा एउटा गाडी पल्टियो । कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेलाई घाइते अवस्थामा अस्पताल भर्ना गरियो ।

एक प्रहरी अधिकारीले मिडियासँगको कुराकानीमा विकास दुबेलाई उज्जैनबाट कानपुर लैजाने क्रममा गाडी पल्टिँदा केही प्रहरी अधिकारीसमेत घाइते भएको बताए । उनका अनुसार तिनै घाइते प्रहरीको बन्दुक लिएर भाग्ने कोसिस गरिरहेका थिए । त्यसपछि प्रहरीले उनलाई घेरे । प्रहरीले उनलाई आत्मसमर्पण गर्न भनिएपनि उनले गोलीबारी सुरु गरे । जवाफमा प्रहरीले पनि फायरिङ गरे ।

यद्यपि, विकासलाई कतिवटा गोली लागेको छ, त्यसको कुनै जानकारी उनले दिएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप