शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

शुक्रबार, २६ असार २०७७, ०७ : ४४
शुक्रबार, २६ असार २०७७

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ ।
 
महाशाखाले देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको जानकारी दिएको छ । 

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको र  थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानमा राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन,चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको उल्लेख छ ।

यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप