शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कोरोना देखिएका अधिकांश संक्रमित लक्षणविहीन र विदेशबाट आएका

शुक्रबार, २६ असार २०७७, ०६ : २४
शुक्रबार, २६ असार २०७७

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ हजार ३ सय ६६ जनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । संक्रमितमध्ये १६ हजार ३५ जना विदेशबाट आएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितमध्ये ९९ प्रतिशत लक्षणविहीन र ९७ प्रतिशत विदेशबाट फर्किएका (आयातित) छन् । यसरी हेर्दा हाल आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८ हजार ५ सय १६ जना लक्षणविहीन रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले भने, ‘समुदायमा संक्रमण अझै फैलिएको छैन । संक्रमितमध्ये ८७ प्रतिशत पुरुष १५ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् । तीन प्रतिशत संक्रमित विदेशबाट नआई घरमै रहेका छन् ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप