शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको अक्षरमा लेखिएको धार्मिक ग्रन्थ बिक्री गर्न खोज्ने ६ जना पक्राउ

बिहीबार, २५ असार २०७७, २३ : ००
बिहीबार, २५ असार २०७७

काठमाडौं । प्रहरीले सुनको अक्षरमा लेखिएका धार्मिक ग्रन्थ ५ करोडमा बेच्न खोजेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । लामा भाषामा लेखिएको (सुनका अक्षरमा) बुद्ध धर्म ग्रन्थ बिक्री गर्न लागिरहेका बेला काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगे अड्डाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे पाँचखालका ४२ वर्षीय जनक गिरी, खोटाङ दिक्तेलका ३२ वर्षीय गेहेन्द्रसिंह आत्रेय, ओखलढुंगा सुनकोसी गाउँपालिका २ का ३३ वर्षीय हरिबहादुर लामिछाने, सोही जिल्ला मानेभञ्ज्याङ गाउँपालिकाका ३१ वर्षीय सुवासकुमार बस्नेत, नुवाकोट ककनीका ३४ वर्षीय रोशन तामाङ र तारकेश्वर नगरपालिकाका ६४ वर्षीय राजेन्द्र जोशी रहेका छन् । प्रहरी टोलीले १६ पाना बौद्ध धर्मग्रन्थ मोलमोलाई गरिरहेका बेला उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहररीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप