ग्राउन्ड जिरो : बाह्रबिसेको जम्बु बजार यसरी बन्यो बगर (फोटोफिचर)
–शम्भु दंगाल, सुजन पन्त
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु बजारका बासिन्दा बुधबार बेलुकासम्म हाँसीखुसी थिए ।
बजार पसल सामान्य भएपनि चलेकै थिए । तर, प्रकृतिको लिला नै भन्नुपर्छ बुधबारबाट परेको अविरल वर्षपछि ठाडो खोलामा आएको भेलले जम्बु बजारलाई बगरमा परिणत गरिदियो । स्थानीयको सपना बगाइदियो ।
बजारमा बुधबार बेलुकासम्म घर भएका ठाउँमा बिहीबार बिहानैदेखि ठुलठुला ढुंगा ठडिए । लेदो जम्यो । घरमा बसेका मानिसहरु कहाँ छन् अत्तोपत्तौ छैन । संयोगले बाँचेकाहरु आफन्त र छिमेकी गुमाउँदाको पीडाले स्तब्ध र एकोहोरिएका छन् ।
होे, यस्तै दर्दनाक दृश्य देखिन्थ्यो बिहीबार अपरान्ह बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५ जम्बुबजार पुग्दा । स्थानीयहरु त्रसित र विक्षिप्त देखिन्थे । अझै पानी परिरहेकाले खोला किनारमा बसेकाहरुमा अरु क्षति बेहोर्नुपर्ने हो कि भन्ने चिन्ता झल्किन्थ्यो । स्थानीयहरुको रोदन थियो, ’माथिबाट ढुंगा र लेदोसहितको बाढी आयो । घरहरु केही बगे त केही पुरिए । हामी आफन्त गुमाउदा विक्षिप्त बनेका छौँ । कतिवेला फेरि बाढी आउने हो पत्तो छैन ।’
उक्त स्थानमा बिहीबार बिहानैदेखि स्थानीय र सुरक्षाकर्मीहरु उद्धारमा त जुटे तर वेपत्ताहरु भेटिएनन् । चार जना घाइते र दुई जनाको शव बाहेक अन्य २० जना अझै हराइरहेका छन् । बिहीबार दिनभरको प्रयासमा पनि नभेटिएपछि हराइरहेकाहरुलाई स्काभेटरको माध्यमबाट खोजी गरिने जिल्लास्थित स्थानीय प्रतिनिधि र सुरक्षा निकाय निष्कर्षमा पुगेका छन् ।
जम्बु बजार पारिपट्टी पनि किसानहरुको घरगोठ बगाएको छ । कति पशु चौपाया पनि बगेका छन् ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण