शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठको बजेट १ अरब ६८ करोड, डुबान अध्ययन गरिने

बिहीबार, २५ असार २०७७, १९ : २२
बिहीबार, २५ असार २०७७

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अरब ६७ करोड ७८ लाख बजेट विनियोजन गरेको छ । नगरसभाले आव ०७७/७८ लाई लक्ष्य गरी ८४  महत्वपूर्ण निर्णयसमेत गरेको छ । 

बजेटमा पूँजीगततर्फको सबैभन्दा ठूलो विकास बजेटका रुपमा कपन ह्याण्डबल चौरको पूर्वाधार विकासका निम्ति रु आठ करोड विनियोजन गरिएको नगरपालिकाका  प्रवक्ता तथा १० नं वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । नगरपालिकाले कपन क्षेत्रको डुबानको दीर्घकालीन समस्या समाधानका लागि अध्ययन तथा अनुसन्धानका लागि समेत बजेट छुट्याएको छ । विनियोजन ऐनअन्तर्गत वडागत योजनाका लागि प्रत्येक वडालाई रु दुई करोड १५ लाखका दरले करीब २८ करोड बजेट विनियोजन गरेको हो । 

चालू आवमा नगरपालिकाले विभिन्न वडामा तीन  सार्वजनिक शौचालय तथा प्रत्येक वडामा दुई उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णयसमेत गरेको छ । यस वर्ष नगरपालिकाले विशेष गरी नगरपालिकाभित्रका ठूला सडकमा सार्वजनिक जग्गा संरक्षण तथा उद्यान निर्माण, खानेपानी संरचना, कोसेली घर र नगर अस्पताल भवन निर्माण गर्ने भएको छ । 

नगरपालिकाले कोभिड –१९ ले नगरवासी तथा व्यवसायीलाई परेको समस्यालाई ध्यानमा राखी आव २०७७/०७८ को पहिलो चौमासिकसम्म सोही आर्थिक वर्षको सम्पत्ति करमा १५ प्रतिशत छुट दिने भएको छ । साथै व्यवसाय कर तथा बहाल करमा समेत छुटको व्यवस्था गरिएको छ । नगरसभाले १६ ऐन तथा कार्यविधि पारित गरेको नगरपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप