बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विभाजित विश्वले कोरोना महामारीमाथि विजय हासिल गर्न सक्दैन– विश्व स्वास्थ्य संगठन

बिहीबार, २५ असार २०७७, १९ : ०८
बिहीबार, २५ असार २०७७

एजेन्सी । संयुक्तराज्य अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि यस कदमले वर्तमान कोरोना भाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्वद्ध सबैलाई आग्रह गरेको छ ।

‘विभाजित संसारले कोरोनाभाइरस सङ्कटलाई जित्न सक्दैन’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेबे्ररियससले बिहीबार भने । विश्वलाई बन्धक बनाउने भाइरसलाई दुश्मनको सज्ञा दिँदै उनले राष्ट्रसंघीय स्वास्थ्य निकायको जिनेभास्थित मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा भने,  “हामी यस महामारीलाई विभाजित संसारको रूपमा हराउन सक्दैनौं । दुश्मनलाई फाइदा दिन चाहँदैनौं भने सहकार्य नै यसको समाधान हुनेछ ।” 

यसैबीच समस्यालाई थप सहज रूपमा समाधान खोज्न भन्दै डब्लुएचओले महामारी प्रतिरोध समितिको गठन पनि गरेको छ ।  अमेरिकाले कोरोनाभाइरस सङ्कटसम्बन्धी विषयमा विश्व स्वास्थ्य संगठनको भूमिकालाई लिएर आलोचना गरेपछि न्यूजील्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र लाइबेरियाका पूर्व राष्ट्रपति एलेनजनेनसोन सरलिफको नेतृत्वमा महामारी प्रतिरोधका लागि स्वतन्त्र समितिको गठन भएको हो । 

जिम्मेवारीबारे बोल्दै डब्ल्यूएचओ प्रमुख गेब्रियससले भने, “के भएको छ भन्ने सत्यतालाई बुझ्न र हाम्रो मानवता अझ राम्रो बनाउन नयाँ उपायहरूको खोजीमा समितिले काम गर्दै विश्वलाई प्रकाश पार्र्नेछ ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप