शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक यातायात खोल्ने सरकारको निर्णयलगत्तै महासंघको आकस्मिक बैठक

बिहीबार, २५ असार २०७७, १८ : ३४
बिहीबार, २५ असार २०७७

काठमाडौं । सार्वजनिक यातायत खोल्ने सरकारको निर्णयपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले आकस्मिक बैठक बोलाएको छ । सरकारको निर्णयका सम्बन्धमा माहासंघको आधिकारिक धारणा तय गर्न उक्त बैठक बोलाइएको हो । 

महासंघले आधिकारिक निर्णय विना सरकारको निर्णयको स्वागत वा विरोध केहि पनि नगर्ने नीति लिएको छ । तर उक्त निर्णय आमसञ्चार माध्यमबाट थाहा पाउनुपरेको र यातायात खोल्ने सम्बन्धमा आफुहरुसँग कुनै छलफल नगरिएकोमा महासंघ असन्तुष्ट बनेको छ । 

‘सार्वजनिक यातायात खोल्ने सरकारी निर्णय सञ्चार माध्यमहरुमा आएपछि मात्र हामीले थाहाँ पायौं । के कसरी खोल्ने हो, कुन मापदण्डमा अप्नाइने हो सो जानकारी छैन । यसमा हामी अन्यौलमै छौं’ महासंघका महासचिव सरोज सिटौंलाले भने, ‘यो सम्बन्धमा हामीले अहिलेनै केहि पनि धारणा बनाएका छैनौं । आकस्मिक रुपमा भोलि बैठक बोलाएका छौं ।’

महासचिव सिटौंलाका अनुसार महासंघले भोलि शुक्रबार दिउँसो १ बजेका लागि बैंठक बोलाएको छ । सरकारले सार्वजनिक यातायात सेवा बन्द गर्दा र खोल्ने निर्णय गर्दा समेत सम्बन्धित व्यवासयीहरुसँग कुनै छलफल नगरेकोप्रति व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 

महासंघकै ट्याक्सी तर्फका केन्द्रिय सदस्य अर्जुन गौतमले सार्वजकि यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय स्वागतयोग्य भएपनि कुनै मापदण्ड र योजनाविना घोषणा मात्र गरिएकाले व्यवसायीहरु अन्योलतामा परेको बताए ।

यता सरकारले भने काठमाडौं उपत्यकामा छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहिबार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक यातायात खुल्ला गर्ने जानकारी दिएका छन् ।

कोभिड–१९ सँगै सरकारले आह्वान गरेको लकडाउनका कारण गत चैत ११ गतेदेखि देशभरका सम्पूर्ण सर्वाजनिक यातायात बन्द हुँदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप