शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिहीबार, २५ असार २०७७, १७ : ४६
बिहीबार, २५ असार २०७७

बुटवल । लुम्बिनीमा ट्रकको ठक्करबाट एक पदैलयात्रीको मृत्यु भएको छ । रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ महदेवास्थित हुलाकी सडक खण्डमा पर्साबाट कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ७७७० नम्बरको मिनि ट्रकले सोही स्थानमा बस्ने पैदलयात्री वर्ष ८ को शिव लोधलाइ ठक्कर दिँदा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार ट्रकको ठक्करबाट गम्भीर घाईते भएका लोधको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । जिल्ला प्रहरीका रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपपरिक्षक खडकबहादुर खत्रीले मिनी ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप