सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् ।
त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेकाे छ ।
कूल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दुरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा. खतिवडाले बताए । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्ला भित्र मात्रै सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएका हुन् ।
अर्थ / सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका प्रवक्ता खतिवडाकाअनुसार एक पंक्तिको एक सिटमा एकजना हुनेगरी कूल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सवारी, चालक र सहचालकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ । गाडीमै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने चालक र सहचालकले मास्कसँगै भाइजर र पञ्जा लगाउनुपर्ने र दैनिक निसंक्रमित गरेर मात्रै सवारी गुडाउनुपर्ने उनले बताए । सार्वजनिक यातायातले यो मापदण्ड लागू हुँदासम्म प्रचलित भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् ।
सरकारले लामाे मध्यम तथा लामाे दूरीकाे यातायात बन्द गर्ने निर्णय भने कायमै रहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी