बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, २५ असार २०७७, १६ : ५०
बिहीबार, २५ असार २०७७

 कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणबाट थप १६ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ ।

 आज गरिएको परीक्षणबाट ८ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

 अछाम मगलसेनका ७५ वर्षिया १  पुरुष, साँफेबगरका ३७ र ३० वर्षका २ महिला, चौरपाटीका २३ वर्षकी १ महिला, बाजुरा त्रिबेणीकी ७ वर्षिया १ बालिका र ७ वर्षका १ जना बालक रहेका छन् । 

 त्यसैगरी कैलाली गौरीगंगाका २५, २० र ४४, वर्षका ३ पुरुष, गोदावरीका २२, १४ र ५ वर्षीया (बालिका) सहित ३ महिला २४ र ४५ वर्षका २ पुरुष तथा कंचनपुर कृष्णपुरका ३२ वर्षका १ पुरुष र कंचनपरकै भीमदत्तका २८ वर्षीय १ जना महिला रहेकोे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप