शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा ५ सहित १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

बिहीबार, २५ असार २०७७, १६ : २७
बिहीबार, २५ असार २०७७

काठमाडौं । बितेको २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । जसका काठमाडौंका ५ जना समेत रहेका छन् । योसहित कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको गौतमले बताए । 

यसैगरी बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ । 

२५ प्रयोगशालाबाट बितेको २४ घण्टामा थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ । क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेशनमा ८ हजार ६०५ रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप