विवेकले भ्याएसम्म निःस्वार्थ रुपमा खरो उत्रिने प्रयास गर्छु- प्रहरी महानिरीक्षक थापा

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउने प्रयत्न आफुले गर्ने बताएका छन् । विहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दज्यानी चिह्न ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमा भित्र रहेर काम गर्ने बताए ।
सम्पूर्ण प्रहरी संगठनलाई साथमा लिएर आफ्नो विवेकले भ्याएसम्म निःस्वार्थ रुपमा खरो उत्रिने उनले बताए । महानिरीक्षक एक्लैले सबै अपेक्षा पुरा गर्न नसक्ने उल्लेख गर्दै उनले महानिरीक्षकको सफलता/असफलता नै संगठनको सफलता असफलता भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । प्रहरी संगठनलाई व्यक्तिगत लहडमा नभएर संस्थागत निर्णयका आधारमा अगाडी बढाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
थापाले संगठनभित्र आफ्नै सहकर्मीहरुलाई व्यवसायीक रुपमा निषेध गर्ने कू संस्कारको अहिले अन्त्य भएको बताए । विगतमा महानिरीक्षकको प्रतिस्पर्धामा हुने गरेको अस्वस्थ प्रतिस्पर्धालाई संकेत गर्दै उनले आफु र प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले त्यसलाई तोडेको बताए । पाल र आफुबीच जो आइजिपी भएपनि सल्लाह र सहयोगमा अगाडी बढ्ने भद्र सहमति भएको खुलासा गर्दै थापाले संगठनको हितका लागि आफ्नो कार्यकालबाट विगतको कु संस्कार तोडिएको बताए ।
गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी थापा र पालको प्रतिस्पर्धाले संगठनको मूल्य मान्यताको प्रवर्दनका लागि ठूलो सहयोग गरेको बताए । आगामी दिनमा पनि नेतृत्वलाई सफल बनाउन सबैको सहयोग हुने अपेक्षा रहेको उनले बताए । उनले प्रहरी संगठनलाई असर गर्ने कुराहरु नगर्न/नगराउन पनि सबैलाई तयार रहन आग्रह गरे । थापा मंगलबार नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?
-
भौतिक मन्त्रालयको आगामी बजेट : नयाँ आयोजना नराख्ने, कति पाए फास्ट ट्र्याक र रेलले ?
-
पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती