शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

बिहीबार, २५ असार २०७७, १४ : ३१
बिहीबार, २५ असार २०७७

बुटवल । प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।

प्रदेश  ५ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार  रुपन्देही र पाल्पामा बेवारिसे  अवस्थामा २ वटा शव फेला परेको छ भने गुल्मीमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।

रुपन्देहीको तिलोत्तमा न.पा.६ पश्चिम पौनीस्थित तिनाउ खोलाको बीच भागमा २५ वर्ष उमेरको पुरुषको शव फेला परेको छ । खोलामा भेटिएको शवको विषयमा थप अनुसन्धान भइरहेको वडा प्रहरीले कार्यालयले बुटवलले जनाएको छ ।

यसैगरी पाल्पाको तानसेन न.पा.१४ ऋषिकेश मन्दीर नजिकै रहेको प्रतिक्षालयमा हालसम्म नाम थर नखुलेको अन्दाजी बर्ष ६५ का पुरुष व्यक्तिको शव फेला परेको  छ । यता  गुल्मीका खोलाले बगाउदाँ एक जना बालकको मृत्यु भएको छ ।

गुल्मी दरबार गा.पा.६ बेलपोखरा घर भई रेसुङ्गा न.पा.११ राङवासका ६ बर्षीय बालकको स्थानीय बठाआ खोलाले बगाउँदा मृत्यु भएको  प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप