केन्द्रीय संस्करण

ज्योती मगरले भनिन्– ‘राम्रोसँग सुत्न नसकेको ५,७ वर्ष भयो’

person explore access_timeअसार २५, २०७७ chat_bubble_outline0

काठमाडौं । गायिका ज्योती मगरले आफू विगत ५, ७ वर्षयता राम्रोसँग सुत्न नसकेको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफ्नो समस्या राखेकी हुन् ।  बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि नेपाली कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत आफ्ना समस्याहरु राख्न थालेका छन्् । सोही क्रममा ज्योतीले सुत्न नसकेको समस्या राखेकी हुन् । 

‘बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि आफूलाई सामाजिक सञ्जालमा केही समस्या भए शेयर गर्न विभिन्न व्यक्तिले आग्रह गरेका छन्’ ज्योती भन्छिन् ‘कति धेरै समस्या छन् । जो समाधान भइरहेको छैनन् । तर म भन्न सकिरहेको छैन ।’

समस्या राख्दा अभिनेत्री शिल्पा पोखरेलको कानको जाली फुटेको कान्ड जस्तै फेसबुकको रैला मात्र हुने डर भएको बताएकी ज्योतीले बाहिर ल्याउँदा ठुलो समस्या आयो भने के गर्ने भन्ने प्रश्न समेत उठाएकी छन् । 

उनले अगाडि लेखेकी छन्– ‘सायद मेरो निद्रासँग अझै धेरै सम्झौता गर्नुपर्छ होला । प्यार प्यारा दिदी बहिनीहरु तपाइहरु पनि म जस्तै निद्रासँग सम्झौता गर्नुभएको छ भने आउनुहोस् । मेरो इनबक्समा दुःख सुखका कुरा गरौं । भन्न नसकेको कुराहरु एक अर्काेसँग साटेर बेस्सरी आँशु झारौं । ’
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.