भारतीय संचारमाध्यमले सीमा नाघे, बकवास बन्द गरः प्रवक्ता श्रेष्ठ
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले सीमा नाघेको भन्दै बकवास बन्द गर्न चेतावनी दिएका छन् ।
उनले भारतीय सञ्चारमाध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्रीबारे अनर्गल प्रचार गरिरहेको भन्दै यस्तो प्रचार बन्द गर्न चेतावनी दिएका हुन् ।
बिहीबार नेता श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर ।’
त्यस्तै उनले नेपालको राष्ट्रिय सार्वमौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति एक ढिक्का भएको पनि दावी गरेका छन् ।
‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का छौं’, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले विदेशीको फुटाउ र राज गर भन्ने नीति सफल हुन पनि नदिने बताएका छन् ।
‘विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो’, श्रेष्ठको भनाइ छ ।
भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।
— NKShresthaPrakash (@nksthaprakash) July 9, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता