बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नीतू कपुरको जन्मदिन मनाउन पुगे करन जोहर, ट्रोलर्सले उठाए प्रश्न

बिहीबार, २५ असार २०७७, १३ : ०६
बिहीबार, २५ असार २०७७

८ जुलाईमा नीतू कपुरले आफ्नो ६२ औं जन्मदिन मनाइन् । यो मौकामा फिल्मी उद्योगका थुप्रैले उनलाई बधाई दिए । जन्मदिनको बेलुका नीतू कपुरले आफ्ना सन्तान रणबीर र रिद्धिमा कपूरसहित फिल्मी उद्योगका केही साथीहरुसँग बिताउने निश्चित गरिन् । यतिबेला करण जोहर पनि उनको घर पुगे ।

आफ्नो जन्मदिनको उपलक्षमा गरिएको भेटघाटको तस्बिर नीतूले सोसल मिडियामा सेयर गरिन् । उक्त भेटघाटमा रणबीर कपूर, रिद्धिमा कपुर, श्वेता बच्चनका छोरा अगस्त्या नन्दा, नीतूकी नन्द रीमा जैन र करण जोहरको उपस्थिती थियो । उनीहरु सबै निकै खुसी देखिन्छन् ।


यी फोटो सेयर गर्दै नीतू कपुरले लेखिन्, ‘राम्रो सम्बन्ध हुनेहरु सबैभन्दा धनी हुन्छन् । हामीहरु सबैलाई आफ्ना प्रियजनबाट माया र साथ चाहिन्छ । मैले आज आफू संसारकै धनी व्यक्ति महसुस गरेँ ।’

सुशान्तको मृत्युपछि अत्यधिक ट्रोल भइरहेका छन् करन जोहरः

सुशान्त सिंह राजपूतको मृत्युपछि पहिलो पटक उनलाई देखिएको हो । करनले सोसल मिडियामा पोस्ट गर्न बन्द गरिदिएका छन् । उनी कतै बाहिर निस्किएको पनि देखिएका छैनन् । यस्तोमा नीतूको जन्मसदनमा करन जोहरलाई देख्दा ट्रोलर्सले प्रश्न उठाउन थालेका छन् ।

केही दिन अघि करनका एक साथीले मिडियासँगको कुराकानीमा करन जोहर आफ्नो ट्रोलिङ र आलोचनाले निकै चिन्तित भएको र यसले उनको मानसिक स्वास्थ्यलाई प्रभावित पारिरहेको बताइएको थियो । अब पार्टीको फोटोमा प्रयोगकर्ताले यसै कुरामा जोड दिइरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘मैले कतै पढेको थिएँ कि करन जोहर विक्षिप्त भएका छन् । मलाई त उनी पूर्ण रुपमा ठिक लागिरहेको छ ।’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘मैले त केजोमतीको अनुहारमा कुनै दुःख देखिनँ ।’ यसको जवाफमा एक प्रयोगकर्ताले लेखे, ‘मैले त सुनेको थिएँ करन जोहर छाती पिटिपिटी रोइरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप