शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालिकाको शव फेला, दाजु प्रहरी नियन्त्रणमा

बिहीबार, २५ असार २०७७, १२ : ३३
बिहीबार, २५ असार २०७७

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको बताए । प्रहरीले बालिकालाई कुटपिट गर्दै खोलामा धकेलेको हुनसक्ने आँकलनसहित थप अनुसन्धानका लागि बालिकाका सहोदर दाजु ३४ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको छ ।

“बालिकासँगै उनीका दाजुसँगै खोलामा नुहाउन गएका थिए ।” उनले भने– “खोज्दै हिँडेका भरतले आवेगमा आएर कुटपिट गर्दै खोलामै धकेलेको जस्तो देखिन्छ ।” उनले घटनाको विस्तृत अनुसन्धान भइरहेको र बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप