शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा सिन्धुपाल्चोकमा बाढीको बितण्डा : काँग्रेसद्वारा दुःख व्यक्त, उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन

बिहीबार, २५ असार २०७७, ११ : २०
बिहीबार, २५ असार २०७७

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । 

गए मध्यरातिको बाढीमा परेर हालसम्म २ जनाको मृत्यु, २ जना गम्भीर घाइते हुनुका साथै १४ जना हराइरहेको भन्दै काँग्रेसले यस स्थितिमा तत्काल युद्धस्तरमा उद्दारको कार्य गर्न सरकार समक्ष माग गरेको छ । 

काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस्दै देउवाले सिन्धुपाल्चोकका नेपाली कांग्रेस कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशन समेत दिएका छन् । 

देउवाले बाढीका कारण अमूल्य जीवन गुमाउने दुई नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरुको आत्माको चिरशान्तिको कामना गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप