बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ९२ हजार ४०० रुपैयाँ पुग्यो

बिहीबार, २५ असार २०७७, ११ : ०१
बिहीबार, २५ असार २०७७

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । 

अघिल्लो दिन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसअघि सुनको मूल्य ९१ हजार ७०० रुपैयाँसम्म  पुगेर घटबढ हुँदै आएको थियो । 

यस्तै तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बिहीबार चाँदीको मूल्य पनि बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप