मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

यो अन्धविश्वासको शिकार थिए शोले फिल्मका ‘ठाकुर’, जीवनभर गरेनन् विवाह

शनिबार, २७ असार २०७७, १८ : २९
शनिबार, २७ असार २०७७

हिन्दी सिनेमा जगतमा केही यस्ता थोरै कलाकार छन् जसको उत्कृष्ट कामको तारिफ जति गर्यो त्यो कम छ । ९ जुलाई १९३८ मा गुजरातको सुरतमा जन्मिएका संजीव उत्कृष्ट कलाकार हुनुका साथै शालीन व्यक्ति पनि थिए । फिल्म शोलेमा ठाकुरको भूमिका उनको अमर रह्यो ।

उनले नया दिन नयी रात फिल्ममा ९ वटा भूमिका निभाएका थिए । कोसिस फिल्ममा श्रवण शक्ति गुमेका र बोल्न नसक्ने व्यक्तिको भूमिकामा देखिएका थिए । आज उनको जन्मजयन्तीमा उनको वास्तविक जीवनबारे केही रोचक किस्सा एक भारतीय मिडियाले प्रकाशित गरेको छ ।

संजीवको वास्तविक नाम जेठालाल जरीवाला थियो तर उनलाई धेरैले स्क्रिन नामबाट चिन्दथे । निकै थोरैलाई थाहा छ कि संजीव कुमारले कहिले पनि विवाह गरेनन् तर प्रेम भने धेरै पटक गरे । संजीवलाई बलिउडका पहिलो रियल लाइफ ब्याचलर पनि भनिन्थ्यो । अहिले यो उपाधि सलमान खानलाई दिइएको छ ।

यस्तो थियो अन्धविश्वासः

संजीव वास्तविक जीवनमा एक निकै अन्धविश्वासको पनि शिकार थिए । उनलाई यो अन्धविश्वास थियो कि उनको परिवारमा जेठो छोरा १० वर्षको हुँदा पिताको मृत्यु हुन्छ । संजीवका हजुरबुवा, बुवा र भाइमाथि यस्तो घटना घटित भइसकेको थियो । संजीवले आफ्ना भाइका छोरालाई धर्मपुत्रको रुपमा पालेका थिए तर पछि उनी १० वर्षको हुँदा उनको भाइको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप