इतिहासमा आज : अफ्रिकी राष्ट्र सुडान दुई हिस्सामा विभाजित

९ जुलाई, सन् २०११ मा गणतन्त्र सुडानबाट टुक्रिएर विश्वको कान्छो सार्वभौमसत्ता सम्पन्न मुलुक गणतन्त्र दक्षिण सुडान निर्माण भयो । ९ देखि १५ जनवरीसम्म दक्षिणी सुडानमा भएको जनमतसंग्रहमा जनताहरुसँग स्वतन्त्रता रोज्ने वा सुडानकै हिस्सा बन्ने भनेर सोधिएको थियो । ७ फेब्रअरीमा निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार ९८ दशमलव ८३ प्रतिशत जनताले स्वतन्त्रता रोजेका थिए । त्यही जनमतअनुसार ९ जुलाईमा नयाँ देश बन्यो । दक्षिण सुडानको राजधानी शहर जुवा हो ।
गृहयुद्धका कारण लामो समय दक्षिण सुडान अस्थिर बनेपछि जनतालाई आत्मनिर्णयको अधिकार दिइएको थियो । सन् १९५६ मा सुडानले स्वतन्त्रता हासिल गर्नुअघि यहाँ इजिप्टको शासन थियो । स्वतन्त्रतापछि दक्षिण सुडान अस्थिर हुन थाल्यो, पहिलो सुडानी गृहयुद्धपछि सन् १९७३ मा दक्षिणी सुडान स्वायत्त क्षेत्र गठन भएको थियो र यो सन् १९८३ सम्म कायम रह्यो । तर, फेरि दोस्रो सुडानी गृहयुद्ध सुरु भयो र २००५ मा शान्ति सम्झौतामार्फत यसको अन्त्य गरियो ।
सम्झौताका क्रममा सुडानमा स्वायत्तता फर्काउने र जनमतसंग्रह गरिने उल्लेख थियो । केन्द्रीय सरकार र आन्दोलनकारीबीच भएको सम्झौताअनुसार नै २०११ मा जनमतसंग्रहमार्फत नयाँ देशले वैधता पाएको हो । दक्षिण सुडानको जनसंख्या १ करोड २० लाख छ ।
अन्य घटनाक्रम
सन् १८१६ – स्पेनबाट अर्जेन्टिना स्वतन्त्र ।
सन् १८७७ – टेनिसको प्रतिष्ठित ग्रान्डस्लाम प्रतियोगिता बिम्बल्डनको पहिलो संस्करण सुरु ।
सन् १८५०– संयुक्त राज्य अमेरिकाका १२ औं राष्ट्रपति जाचरी टेलरको ६५ वर्षको उमेरमा निधन ।
सन् १८९३– अमेरिकी हर्ट सर्जन डेनियल विलियम्सले एनेस्थेसिया बिना नै अमेरिकामा पहिलोपटक ओपन–हर्ट सर्जरी सफलतापूर्वक गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो
-
भीमबहादुर तामाङको स्मृतिमा भलिबल प्रतियोगिता