शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्दै, अधिकांशले १० कित्ता शेयर पाउने

बिहीबार, २५ असार २०७७, ०९ : १७
बिहीबार, २५ असार २०७७

काठमाडौं । अजोड इन्स्योरेन्सको प्रारम्भिक शेयर निष्कासन आजदेखि खुल्ने भएको छ । नयाँ खुलेका निर्जीवन बीमा कम्पनीमध्ये पहिलो आईपीओको रुपमा अजोडले करिब ३० करोड रुपैयाँको आईपीओ बिहीबारदेखि जारी गर्न लागेको हो । बिहीबार बिहान १० बजेदेखि खुला हुने शेयर सोमबार साँझ ५ बजे बन्द हुनेछ । उक्त शेयरका लागि सीआश्वा सेवा भएका बैङ्क तथा सीडीएस एण्ड क्लियरिङ हाउसको मेरोशेयर लग इन गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

हाल १ अर्बको चुक्ता पुँजी रहेको कम्पनीले जारी पुँजीलाई चुक्ता पुँजीबराबर पुर्याउन उक्त साधारण शेयर निष्कासन गर्न लागेको हो । शेयर जारी भएपछि अजोडमा सर्वसाधारण शेयरधनीको शेयर हिस्सा ३० प्रतिशत रहनेछ ।

३० करोड रुपैयाँ बराबरका ३० लाख कित्ता शेयर जारी गरे पनि अजोडको उक्त शेयर सर्वसाधारणका लागि भने २७ लाख ३० हजार कित्ता मात्रै उपलब्ध गराइनेछ । बाँकी २ लाख ७० हजार कित्ता शेयर भने म्युचुअल फण्ड र कर्मचारीका लागि आरक्षित गरिएको छ । यो शेयर १० कित्ताका दरले २ लाख ७३ हजार जनाले प्राप्त गर्नेछन् ।

पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या ४ लाख भन्दा बढी रहेको देखिन्छ । यो अवस्थामा अजोडको शेयर करिब २ तिहाई आवेदकलाई पर्नसक्ने सम्भावना देखिन्छ । त्यसैले आवेदकले १ हजार रुपैयाँ बराबरको १० कित्ता शेयरको लागि आवेदन गर्नु उपयुक्त हुन्छ ।

निर्जीवन बीमा क्षेत्रका कम्पनीहरुको औसत शेयरमूल्य नै उच्च रहेको तथा नयाँ कम्पनीको रुपमा आएको अजोडमा शेयर पर्ने लगानीकर्ताले समेत उच्च प्रतिफल प्राप्त गर्ने सम्भावना देखिन्छ । केही समय अघि मात्रै आईपीओ जारी भएको नेपाल पुनर्बीमा कम्पनीको शेयर अहिले ५०० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप