शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ताको खोजीमा लाग्न पार्टीपंक्तिलाई प्रचण्डको अपिल, सभामुख सापकोटा बाह्रविसेतर्फ प्रस्थान

बिहीबार, २५ असार २०७७, ०९ : ०४
बिहीबार, २५ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरोमा परी वेपत्ता भएकाहरुको खोजिमा लाग्न पार्टी पंक्तिलाई अपिल गरेका छन् । अध्यक्ष प्रचण्डले बझाङ, सिन्धुपाल्चोक लगायत देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो मानवीय तथा धनमालको क्षति भएको भन्दै  प्राकृतिक विपत्तिमा परि निधन भएकाहरुको, परिवारमा  समवेदना व्यक्त गरेका छन् ।

प्रचण्डले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक पेजमार्फत बेपत्ता भएकाहरुको खोजीका लागि स्थानीय प्रशासन तथा पार्टीपंक्तिलाई जुटन अपिल पनि गरेका छन् ।  यसैबीच सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे र जम्बु बजार लगायतमा बाढीपहिरोले क्षति पुर्याएको स्थानको स्थलगत अवलोकनका लागि त्यसतर्फ लागेको सापकोटाको निजी सचिवालयले जनाएकोे छ ।

गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेपत्ता भएका छन् भने २ शव प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले रातोपाटीलाई जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।

खाँडिचौरभन्दा माथिको पुल बगाएको कारण प्रहरीहरु लामो बाटो भएर घटनास्थलसम्म पुग्नुपरेको थियो । घटनास्थलमा रहेका बाह्रबिसेका इन्सपेक्टर नवराज न्यौपानेका अनुसार पछिल्लो जानकारी अनुसार २ जनाको शव फेला परेको छ भने २ जना घाइते रहेका छन् । १४ जना हराइरहेका छन् । त्यस्तै, ११ घरमा पूर्णरुपमा क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप